सबैको समाचार
मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • फेरि पनि भूकम्पको धक्का महशुस

फेरि पनि भूकम्पको धक्का महशुस

2880
Shares
फेरि पनि भूकम्पको धक्का महशुस

जाजरकोट | जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ। जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर आज बिहान २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार आज बिहान १:२२ बजे ४ म्याग्नेच्युड र बिहान ४:५३ बजे ३.८ म्याग्नेच्युडको भूकम्प गएको हो। शुक्रबार राति ११:४७ बजे रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्नेच्युडको भूकम्प गएयता सोही स्थानलाई केन्द्रबिन्दु बनाई आधा दर्जन बढी पराकम्पनहरू गइरहेका छन्।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोही राति १२:०८ बजे ४.५ म्याग्नेच्युडको, १२:२९ बजे ४.२ म्याग्नेच्युडको, १२:३५ बजे ४.३ म्याग्नेच्युडको, शनिबार बिहान ४:१६ बजे ४.६ म्याग्नेच्युडको, शनिबार दिउँसो ३:४० बजे ४.२ म्याग्नेच्युडको, आइतबार बिहान १:२२ बजे ४ म्याग्नेच्युडको र आजै बिहान ४:५३ बजे ३.८ म्याग्नेच्युडको भूकम्प गएको हो।

शुक्रबार गएको भूकम्प र त्यसपछिका पराकम्पबारे अध्ययन तथा अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीसहितको टोली जाजरकोट पुगेको छ।

टोलीले भूकम्पका बारेमा समग्र अध्ययन तथा अनुसन्धान गर्नेछ। शुक्रबारको भूकम्पले जाजरकोट र रूकुप पश्चिममा जनधनको क्षति पुर्‍याएको छ। शनिबार रातिसम्मको विवरण अनुसार भूकम्पमा परी जाजरकोटमा १०५ र रूकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। भूकम्पले २०० भन्दा बढी घाइते र हजारौं घरहरूमा क्षति पुगेको छ।

शनिबार भूकम्पमा परेकाहरूको उद्धार सकिएको थियो। आजबाट भौतिक क्षतिको विवरण संकलन गरिने बताइएको छ।

2880
Shares

ट्रेन्डिङ