सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  •  किशोरको हत्यामा संलग्न १ महिला पक्राउ

 किशोरको हत्यामा संलग्न १ महिला पक्राउ

2140
Shares
 किशोरको हत्यामा संलग्न १ महिला पक्राउ

अछाम | अछाममा १८ वर्षीय किशोरको हत्यामा संलग्न रही फरार रहेको अभियोगमा एक महिलालाई काठमाडौँबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अछाम पञ्चदेवल विनायक नगरपालिका–८ घर भएकी ३० वर्षीया लक्ष्मी सुनार रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पञ्चदेवल विनायक नगरपालिका–८ बस्ने १८ वर्षीय दीपेन्द्रबहादुर शाहीको कात्तिक १७ गते बिहान हत्या गरी फरार रहेकी उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवन काठमाडौँबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका–१६ माछापोखरीबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय अछाम पठाइएको छ ।

2140
Shares

ट्रेन्डिङ