सबैको समाचार
शनिबार, भदौ २७, २०८३
  • होमपेज
  • बजारको माग अनुरप तरकारी उत्पादन गर्ने

बजारको माग अनुरप तरकारी उत्पादन गर्ने

5370
Shares
बजारको माग अनुरप तरकारी उत्पादन गर्ने

जीविकोपार्जनका लागि तरकारीखेती आयोजना अन्तर्गत सप्तरी जिल्लामा बजारको माग अनुसार तरकारी उत्पादन गरी पूर्ति गर्र्र्ने कार्य आरम्भ भएको छ ।
कृषि विकास मन्त्रालय, व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) तथा विश्व बैंकको सहयोगमा सप्तरीको मलेठ, इटहरी विषणुपुर र बोरालगायतका विभिन्न गाविसमा तरकारी उत्पादन, भण्डारण र बजारीकरणका लागि तयारी गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
आयोजना अन्तर्गत मनोकामना मिश्रित कृषक समूहले मलेठमा तरकारी उत्पादन गर्नेछ । ‘सोनाइ बीज भण्डार’ एन्ड सप्लार्यसले तरकारी खरिद बिक्री र बजारी करण गर्नेछ ।
तरकारी उत्पादनका लागि रामजानकी कृषक समूहले र ३६ लाख ५० हजार लगानी गर्ने र प्याक्टले ३४ लाख ९० हजार अनुदान दिने सोनाइ बीज भण्डार एन्ड सप्लार्यसका सञ्चालक सोनाइ दासले बताउनुभयो ।
यसैगरी मनकामना मिश्रित कृषक समूहले रु ३४ लाख ८२ हजार लगानी गर्ने र प्याक्टले रु ३४ लाख ४४ हजार अनुदान दिनेछ । बजारीकरणका लागि सोनाइ बीज भण्डार एन्ड सप्लार्सले रु ५६ लाख ५४ हजार लगानी गर्ने र प्याक्टले त्यसको लागि रु २४ लाख ८० हजार रकम अनुदान दिनेछ ।
प्याक्ट संस्थाको लगानी र अनुदानबाट भौतिक पूर्वाधार, उपकरण, उत्पादन सामग्री खरिद गरी मनोकामना मिश्रित कृषक समूहले एक वर्षमा ५४ मेट्रिक टन काउली र बन्दा कोबी उत्पादन गर्ने लक्ष्य लिएको मनोकामना समूहका अशोक यादवले बताउनुभयो ।
प्याक्टका अनुगमन तथा मूल्याङ्कन अधिकृत पे्रमकुमार यादवका अनुसार १८ वटा संस्थाले तरकारी, दूध, कुखुराको मासु र गोलभेडा र अचारको व्यवसायीकरण गरी बजारको मागअनुरप पूर्ति गर्ने सोच बनाएको छ । रासस

5370
Shares

ट्रेन्डिङ