सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • धुर्मुस सुन्तली फाउन्डेसनलाई पन्ध्र लाख सहयोग

धुर्मुस सुन्तली फाउन्डेसनलाई पन्ध्र लाख सहयोग

4150
Shares
धुर्मुस सुन्तली फाउन्डेसनलाई पन्ध्र लाख सहयोग

कृषि विकास बैंकले स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा धुर्मुस सुन्तली फाउन्डेसनलाई रू १५ लाख सहयोग गरेको छ ।
भूकम्पपछि देशका विभिन्न स्थानमा एकीकृत वस्ती निर्माणमा फाउन्डेसनले सहयोग गरी पीडितलाई सेवा गरेकाले थप वस्ती विकासका लागि आज रकम हस्तान्तरण गरिएको हो ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेललाई रकम हस्तान्तरण गर्दै बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सो सहयोग उपलब्ध गराएको जानकारी गराउनुभयो ।
सो रकम प्राप्त गरेपछि कट्टेलले महोत्तरीका मुसहर वस्तीमा एकीकृत नमुनाका ५० भवन संरचना निर्माण गर्न लागिएको बताउँदै बैंकबाट प्राप्त भएको सहयोग त्यस कार्यका लागि खर्च गरिने जानकारी दिनुभयो । यसैबीच विसं २०२४ माघ ७ गते स्थापना भएको सो बैंकले माइतीघर मण्डलामा हरियाली बनाउन तथा समाजका विभिन्न क्षेत्रमा सामाजिक सेवाका लागि आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।
स्थापनाकालदेखि अहिलेसम्म बैंकले रू सात खर्ब १७ अर्ब कर्जा प्रवाह तथा छ खर्ब २९ करोड कर्जा असुली गरेको छ । बैंकले आव २०७२/७३ मा रू दुई अर्ब ३० करोड मुनाफा गरेको छ । रासस

4150
Shares

ट्रेन्डिङ