सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • अमेरिका र बेलायतको पुनः हवाई आक्रमण

अमेरिका र बेलायतको पुनः हवाई आक्रमण

1730
Shares
अमेरिका र बेलायतको पुनः हवाई आक्रमण

काठमाडौं | अमेरिका र बेलायतले यमनको हुथी विद्रोहीविरुद्ध पुनः हवाई आक्रमण गरेका छन्। पेन्टागनका अनुसार गएराति अमेरिकी र बेलायतकी सैनिकले यमनको हुथी विद्रोही लक्षित आक्रमण गरेका हुन्।

आक्रमणबाट हुथी समूहको भूमिगत गोदाम, हतियार केन्द्र तथा निगरानी केन्द्रहरुसहित विभिन्न ८ ठाउँमा क्षति पुगेको उनीहरुको दाबी छ। लाल सागरमा अमेरिका तथा बेलायतका मालबाहक जहाजमा हुथी समूहले गरेको आक्रमणविरुद्ध यी दुई देशले यमनमै हुथी लक्षित आक्रमण गरेका हुन्।

पेन्टागनबाट जारी भएको संयुक्त विज्ञप्तिमा अत्यावश्यक आक्रमणको नयाँ चरण सुरु गरिएको उल्लेख छ। आफूहरुको उद्देश्य लाल सागरमा तनाव कम गर्नु र मानिसको जीवन रक्षा गर्नु रहेको तर हुथी समूहले लगातार धम्की दिने तथा आक्रमण गर्ने गरेपछि जवाफी कारबाही गर्नुपरेको विज्ञप्तिमा जनाइएको छ।

अमेरिका र बेलायतले यसअघि सात पटक हुथी समूहको निशानामा आक्रमण गरिसकेका छन्। ११ जनवरीमा सुरु भएको हुथीविरुद्धको कारबाहीमा अस्ट्रेलिया, बहराइन, क्यानडा तथा नेदरल्याण्ड्सको समर्थन रहेको पेन्टागनको दाबी छ।

1730
Shares

ट्रेन्डिङ