सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • संसदमा गोकुल बाँस्कोटाको प्रश्न: काभ्रेका किसानले दुध बेचेको पैसा कहिले पाउँछन्?

संसदमा गोकुल बाँस्कोटाको प्रश्न: काभ्रेका किसानले दुध बेचेको पैसा कहिले पाउँछन्?

1940
Shares
संसदमा गोकुल बाँस्कोटाको प्रश्न: काभ्रेका किसानले दुध बेचेको पैसा कहिले पाउँछन्?

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले काभ्रेका किसानले दूध बेचेको पैसा कहिले पाउँछन् ? भन्दै संसदमा प्रश्न गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै बास्कोटाले धुलिखेल पाँचखाल सडक नबनेकोप्रति आक्रोश पोखेका हुन्।

उनले भने- यो भन्दा नालायक, गतिहीन, जवाफदेहिताविहीन इतिहासमा कहिल्यै थिएन। जसको न कान छ न आँखा छ। कहिले सुन्छ सरकारले ? यो शून्य समयको के भ्यालु ? सुन्या छ कि छैन ? सुन्या भए जवाफ चाहियो।

उनले अगाडि भने- प्रधानमन्त्री प्रचण्ड पाँचखाल जानुभयो र आफ्नो ड्राइभरलाई सोध्नुभयो यो बाटो यस्तो होला भन्ने मैले सोचेको थिएन। धन्न हाम्रो देशको प्रधानमन्त्री। अर्थमन्त्री नगरकोट भएर मेरो नगरमा जानुभयो, भौतिक मन्त्री यही हुनुहुन्छ। उहाँलाई चार पटक भने आज बाटो बन्दैन किने ?

1940
Shares

ट्रेन्डिङ