सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • सेती नदीमा बेपत्ता भएका एक जनाको शव निकालियो, एक अझै बेपत्ता

सेती नदीमा बेपत्ता भएका एक जनाको शव निकालियो, एक अझै बेपत्ता

1605
Shares
सेती नदीमा बेपत्ता भएका एक जनाको शव निकालियो, एक अझै बेपत्ता

 पोखरा । पोखरा महानगरपालिका-१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एक जनाको शव निकालिएको छ ।

एक जना अझै बेपत्ता छन् । माछा मार्न गएका अन्य तीन जना भने सकुशल छन् । माछा मार्न गएका पाँच जनामध्ये सोही महानगरपालिका-१ कसेरी बस्ने ४० वर्षका मंगा तामाङ्गको शव नं. २४ कालिका गण कास्कीको गोताखोर र विपद् उद्धार टिमसहितको फौजले आइतबार राति निकालेको हो ।

सोही ठाउँ बस्ने ४३ वर्षीय रक्सेस तामाङ्गको गोताखोर र विपद् उद्धार टिमले खोजी कार्य जारी राखेको  छ ।उनको शव पोस्टमार्टमको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ ।

1605
Shares

ट्रेन्डिङ