सबैको समाचार
मङ्लबार, असार १७, २०८२

सर्पले डसेर महिला घाइते

960
Shares
सर्पले डसेर महिला घाइते

ताप्लेजुङ  ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा सर्पले डसेर एक महिला घाइते भएकी छिन् ।

घाईते हुनेमा सिदिङ्वा गाउँपालिका –३ आङ्खोप, डाँडाखर्ककी ५८ वर्षीया शिला राई रहेकी छिन् । बारीमा मकै गोड्नेक्रममा राईलाई गुर्बे नामको विषालु सर्पले  डसेको थियो । 

प्रहरीका अनुसार प्राथमिक उपचारपछि घाइते राईलाई थप उपचारका लागि झापाको चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा पठाइएको छ ।

960
Shares

ट्रेन्डिङ