सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • १०० भन्द माथि बालबालिकालाई शैक्षिक सामाग्री वितरण

१०० भन्द माथि बालबालिकालाई शैक्षिक सामाग्री वितरण

2205
Shares
१०० भन्द माथि बालबालिकालाई शैक्षिक सामाग्री वितरण

काभ्रे :- महांकाल गाउँपालिका वडा नं. ६ को ठुलादुर्लुङ कपिराम ललितपुरमा रहेको श्री बागमति आधारभुत विद्यालयका १०० भन्द माथि बालबालिकालाइ शैक्षिक सामाग्री वितरण गरिएको छ।

बनेपामा रहेको बि एन्ड बि कन्सल्टेन्सीको साझेदारीमा एक कार्यक्रम गरि १०० भन्द माथि बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो । बालविकास कक्षा देखि कक्षा ८ सम्मका बालबालिकाहरुलाई शैक्षिक सामग्री ब्याग बितरण गरिएको हो ।

बागमति आधारभुत विद्यालयका अध्यक्ष तुल बहादुर पाखृन्को ,अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय तामाङ घेदुङ्का महासचिब समाजसेवि प्रबिन कुमार बल बि एण्ड बि कन्सल्टेन्सीका म्यानेजिङ डैरेक्टर मौसमी लामा, पदम लामा , वडा अध्यक्ष होम प्रसाद बजगाई,वडा सदस्य राज कुमार घिमिरे, संचारकर्मी एवं ब्यबासयी कर्म लामाको बिशेष उपस्थितिमा रहेको थियो ।

महाँकाल गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष होम प्रसाब बजगाईले कुनै पनि शैक्षिक तथा खेलकुद सामाग्रीले बालबालिकामा सिकाई वातावरण सिर्जना गर्न तथा सहजिकरणमा सहयोग पुग्ने बताइन ।

बाल विकास कक्षादेखि ८ कक्षा सम्मका बालबालिकाहरुलाई सामाजिक, आर्थिक रुपमा कमजोर तथा पछाडि पारिएका समुदायका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि सामाग्री सहयोग गरिएको नेपाल तामाङ घेदुङका महासचिव प्रबिन कुमार बलले बताए ।

2205
Shares

ट्रेन्डिङ