काभ्रे । काभ्रेमा वडा अध्यक्षको मोटरसाइकल चोरी भएको छ ।
जिल्लाको चैरिदेउराली गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष चित्रप्रसाद चौलागाइले प्रयोग गर्ने वागमति प्रदेश ०२-००१ व ५८८३ नम्बरको मोटरसाइकल हिजो शनिबार चोरी भएको हो ।
वडा अध्यक्ष चित्रप्रसाद चौलागाईका अनुसार रालो र कालो रंगको पल्सर बाईक बनेपाबाट राति करिब ११ : ३० को समयमा चोरी भएको हो । कार्यक्रमको लागि बनेपा आएको समयमा मोटरसाइकल हराएको चौलागाइले सबैको समाचारलाई जानकारी दिए ।