सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • अटो दुर्घटनामा चालकको मृत्यु

अटो दुर्घटनामा चालकको मृत्यु

740
Shares
अटो दुर्घटनामा चालकको मृत्यु

दाङ   दाङमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको पैयाँखोर भन्ने स्थानमा रा १ ह ५७६९ नम्बरको अटो दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिका–३ निवासी २७ वर्षीय चालक जीवन घर्तीको मृत्यु भएको  हो ।

तुलसीपुर बजारबाट पैयाँखोरेतर्फ जाँदै गरेको अटो शनिबार बिहान  दुर्घटनामा परेको हो ।

नियन्त्रित भएर सडकदेखि करिब ३० मिटर तल खोलामा खस्दा गम्भीर घाइते  चालक घर्तीको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घटनाबारेमा थप अनुसन्धान भइरहेको छ ।  

740
Shares

ट्रेन्डिङ