सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०

सगुन शेयरका नाममा घोटाला

2860
Shares
सगुन शेयरका नाममा घोटाला

काठमाडौं । गोविन्द गिरीले अमेरिकामा १० डलर तिरेर दर्ता गरेको सगुन डट कमले जलविद्युत विकास गर्ने भनेर धमाधम शेयर बेचिरहेको छ । नेपालका पैसा अमेरिकातिर लैजादा र वैदेशिक रोजगारी अथवा विदेशमा बस्नेको पैसा उतै सोहोर्दा नेपालको आर्थिक क्षेत्रको तरलताको कमीमा झन कडा समस्या सुरु भएको छ ।
के हो यो सगुन डट कम ? नेपालको कुन निकायले त्यसलाई सेयर बेच्ने अनुमति दियो ? पर्याप्त कानुनी आधार छैन भने किन आमनागरिक त्यतातिर आकर्षित भइरहेका छन् ? यसमा सरकार, राष्ट्र बैंक, धितोपत्र बोर्डले हेर्नुपर्छ कि पर्दैन ?
भर्खर बोसो मिसिएको साबुन भनेर नेपालका घरेलु र साना उद्योग समाप्त पार्न मल्टिनेशनल कम्पनीले बेनामी विज्ञापन छपाएर गर्नु उधम ग¥यो । यसमा प्रेस काउन्सिलदेखि सरकारले समेत पछि थाहा पाए र कारवाही गर्ने भनेपछि त्यो रोकियो ।
कतै त्यस्तै नेपाली लगानी मिसयुज त भइरहेको छैन ? सबैलाई थाहा छ, जलविद्युतमा लगानी गर्न जनता उत्साहित छन् । यसको झलक जलविद्युतका आइपीओ किन्नेहरुको भीडले पनि देखाएको छ । त्यही देखेर बिना हैसियतका गोविन्द गिरीको फोटो राखेर कसैले नेपालमाथि साजिस त गरिरहेको छैन । यसमा तत्काल स्पष्ट हुनुपर्छ, सरकारले स्पष्ट पार्नुपर्छ । भोलि लगानीकर्ता डुबे भने ठूलो प्रकरण हुनसक्नेतिर अहिले नै धितोपत्र बोर्डले पनि ध्यान दिनु उचित हुनेछ ।

2860
Shares

ट्रेन्डिङ