सबैको समाचार
सोमवार, माघ २८, २०८१
  • होमपेज
  • काभ्रेमा टिफरले मोटरसाईकललाई ठक्कर दिँदा २ जना घाईते

काभ्रेमा टिफरले मोटरसाईकललाई ठक्कर दिँदा २ जना घाईते

940
Shares
काभ्रेमा टिफरले मोटरसाईकललाई ठक्कर दिँदा २ जना घाईते

काभ्रे । जिल्लाको पाचँखाल नगरपालिका वडा न ५ केराघारी मा टिफरले मोटरसाईकललाई ठक्कर दिँदा दुई जना घाईते भएका छन ।

धुलिखेल बाट पाँचखाल जादै गरेको बागमति प्रदेश ०१-००६ ख ३८२६ नं को टिपरले बिपरित दिशाबाट आउदै गरेको ग ९ प ८३८० नं को मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार दुई जना घाईते भएका हुन ।

घाईते हुनेहरुमा मोटरसाईकल चालक पाँचखाल १२ बस्ने बर्ष ३० का राजकुमार दनुवार र सोही स्थानमा बस्ने ३५ वर्षीय प्रलाद दनुवार रहेको काभ्रे प्रहरीका सुचना अधिकारी राज कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

घाईतेलाई उपचारको लागी धुलिखेल अस्पताल पठाईएको छ । ठक्कर दिने टिपर फरार रहेको र खोजतलास गरी टिपरलाई पाँचखाल नगरपालिका वडा न ६ तिनपिप्ले स्थीत भित्री कच्चि सडक खण्डमा फसेको अवस्थामा फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको छ ।

।ठक्कर दिएर फरार रहेको टिफर चालक पाँचखाल नगरपालिका वडा न ६ बस्ने बर्ष २६ को प्रदिप रम्तेललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

940
Shares

ट्रेन्डिङ