सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • प्रधानमन्त्रीले दिए नेपाली क्रिकेट टोलीलाई शुभकामना

प्रधानमन्त्रीले दिए नेपाली क्रिकेट टोलीलाई शुभकामना

1170
Shares
प्रधानमन्त्रीले दिए नेपाली क्रिकेट टोलीलाई शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् 

प्रधानमन्त्री दाहालले नेपाली टोलीलाई ऐतिहासिक सफलता प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

उनले आफ्नो नेतृत्वको सरकारले खेलक्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि निरन्तर महत्त्वपूर्ण निर्णय गरी कार्यान्वयन गर्दै आइरहेको पनि दाबी गरे ।

नेपालले आईसीसी टी-२० विश्वकप २०२४ मा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा रहेको ९ : १५ मा ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ ।

1170
Shares

ट्रेन्डिङ