काभ्रे :- जिल्लाको धुलिखेल नगरपालिका वडा न ११ पात्लेखेतमा रहेको पात्लेखेत सामुदायिक होमस्टेमा आज बाट बागमती प्रदेश भरीका विच पर्यटन प्रवर्धनका लागी होमस्टे कार्यक्रमको समुद्घाटन गर्दै मन्त्री बज्राचार्यले होमस्टे प्रवर्धन र विकासका लागी प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भएको हो।
बागमती प्रदेश सरकारका संस्कृति ,पर्यटन तथा सहकारी मन्त्री माननीय सैलेन्द्रमान बज्राचार्य , प्रदेश माननीय प्रेम महर्जन र रघुनाथ महर्जन र बागमती प्रदेशका १३ वटै जिल्ला बाट सहभागीहरु रहेको कार्यक्रम भोलि सम्म चल्ने छ।
कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहेका बागमती प्रदेश मन्त्रिले सहभागीलाई शुभकामना ब्यक्त गर्दै आफुले यस आबमा होमस्टे प्रवर्धनका लागी छुट्टै कार्यक्रम र बजेटको ब्यवास्स्थापन गरेको जानकारी गराउदै प्रदेश सरकार यसको प्रवर्धनका लागी प्रतिवद्ध रहेको जानकारी दिएका थिए। कार्यक्रममा पात्लेखेत सामुदायिक होमस्टेका अध्यक्ष केशब बडालले स्वागत मन्तब्य ब्यक्त गरेका थिए।
धुलिखेल नगरपालिका वडा न ११ का वडा अध्यक्षले सबै पाहुनलाई स्वागत गर्दै धुलिखेलको पर्यटन प्रवर्धनका लागी प्रदेश सरकारले समेत ध्यान दिनका लागी मन्त्रि ज्युको ध्यानआक्रषण गराएका थिए।
समुद्घाटन समारोह भने बागमती प्रदेश होमस्टे( घरबास ) महासघका अध्यक्ष समेत रहेका माधब श्रेष्ठले संचालन गरेका थिए। कार्यक्रम दूई दिन चल्ने छ र पर्यटन प्रवर्धन लागी होमस्टे संचालन गर्न र पर्यटन क्षेत्रमा होमस्टेले कसरी काम गर्छ र कसरी गर्न सकिन्च्छ भन्ने विषयमा विषय विज्ञबाट प्रस्तुतिकरण मार्फत १३ जिल्लाकै सहभागीलाई होमस्टे बुझाईने जानकारी समेत श्रेष्ठले गाराएका थिए।