सबैको समाचार
आइतवार, असार ९, २०८१
  • होमपेज
  • गरगहना लुट्न काभ्रेका मानबहादुर दम्पतीको हत्या भएको खुलासा

गरगहना लुट्न काभ्रेका मानबहादुर दम्पतीको हत्या भएको खुलासा

110
Shares
गरगहना लुट्न काभ्रेका मानबहादुर दम्पतीको हत्या भएको खुलासा

काभ्रे । महाभारत गाउँपालिका–४ महादेवटारमा मानबहादुर दम्पतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले सिन्धुपाल्चोकको जुगल–१ घर भई महादेवटारमा सडक निर्माणसम्बन्धी काम गर्ने ३८ वर्षीय एकेन्द्र सार्कीलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार एकेन्द्र सार्कीको ऋण लाख रुपैयाँभन्दा बढी पुगिसकेको थियो । त्यसमध्ये ५० हजार जेठभित्र तिर्नुपर्ने थियो । सडकमा काम गर्ने उनी बेलाबेला किनमेलका लागि मानबहादुर दम्पतीले सञ्चालन गरेको पसलमा जान्थे । त्यसक्रममा केकैमायाले लगाएको सुनका गहनाहरू देखेपछि लुटपाट गर्ने उद्देश्यले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकैमाया बलको ८ जेठमा हत्या भएको थियो । ७ जेठको मध्यरातमा साबुन तथा स्याम्पु किन्ने बहाना बनाएर पसलमा पुगेका उनले केकैमाया र मानबहादुरको घन तथा फलामको रडले हानेर हत्या गरेका थिए ।

पक्राउ गरिएका एकेन्द्रलाई ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।

110
Shares

ट्रेन्डिङ