सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • निर्वाचन कार्यालयको भवन शिलान्यास

निर्वाचन कार्यालयको भवन शिलान्यास

5260
Shares
निर्वाचन कार्यालयको भवन शिलान्यास

प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले जिल्ला निर्वाचन कार्यालयको नयाँ भवन शिलान्यास गर्नुभएको छ । अहिलेसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको कार्यालयको अब आफ्नै भवन बन्ने भएको छ । रु दुई करोड नौ लाखको लागतमा २०७४ फागुनभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
भवनको प्रमुख निर्वाचन आयुक्त यादवले आज शिलान्यास गर्दै स्थानीय निर्वाचनका लागि तयारी अवस्थामा रहन कर्मचारी र सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।
सरकारले केही समयमै स्थानीय निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘निर्वाचन निष्पक्ष, स्वतन्त्र र तटस्थ बनाउनु हामी सबैको दायित्व भएकाले निर्वाचनको आचारसंहिता उलङ्घन गर्ने जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले निर्वाचन हुनुभन्दा १०० दिन अघि मिति घोषणा गर्नुपर्ने भएकाले ऐन नियम छिटो निर्माण गरेर मिति घोषणा गर्न सरकारसँग आग्रह गर्नुभयो । निर्वाचनको मिति तत्काल घोषणा गर्ने विषयमा प्रधानमन्त्रीसँग पटकपटक छलफल भइरहेको बताउँदै प्रमुख आयुक्त यादवले जुनसुकै निर्वाचन गर्न पनि आयोग तयारी अवस्थामा रहेको छ भन्नुभयो ।
उहाँले अझै पनि मतदाता नामावलीमा नाम समावेश नभएकालाई तत्काल फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउन आग्रह पनि गर्नुभयो । रासस

5260
Shares

ट्रेन्डिङ