सबैको समाचार
सोमवार, असार १०, २०८१
  • होमपेज
  • बेपत्ता भएकी रुबीको श्रीमानले हत्या गरेको खुलासा

बेपत्ता भएकी रुबीको श्रीमानले हत्या गरेको खुलासा

90
Shares
बेपत्ता भएकी रुबीको श्रीमानले हत्या गरेको खुलासा

जनकपुर । धनुषाको महेन्द्रनगरबाट बेपत्ता भएकी  महिलाको शव फेला परेको छ ।

शनिबार राति मिथिला नगरपालिका-६ औरहीस्थित सामुदायिक वनको खोल्सामा महेन्द्रनगरकी २८  वर्षीया रुबी यादवको शव  फेला परेको हो । रुवी जेठ २६ गतेदेखि वेपत्ता भएकी थिइन् ।

रुबीको हत्या श्रीमान् राजु यादवले गरेको पुष्टि भएको छ ।

श्रीमतीलाई बेपत्ता पारेको शङ्कामा राजुलाई इलाका प्रहरी कार्यालय सखुवाले गत बिहीबार नै नियन्त्रणमा लिएको थियो ।

राजुकै बयानको आधारमा शव फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले बताए । उनका अनुसार राजुले हत्या गरेको स्वीकार गरिसकेका छन् ।

राजु केही महिनाअघि वैदेशिक रोजगारबाट फर्किएपछि विवाद भएको थियो । विवादको क्रममा  राजुले  रुबीलाई कुटपिट तथा यातना दिने गरेका थिए ।

बेपत्ता हुनुभन्दा पाँच दिनअघि निर्घात कुटपिट गरेपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा छलफल भएको थियो ।

माइत पक्षले दिएको कर्तव्य ज्यानको जाहेरीको आधारमा राजुमाथि कारबाही प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ ।

90
Shares

ट्रेन्डिङ