काठमाडौं । अत्याधिक वर्षा भएपछि मेलम्चीको पानी काठमाडौंमा पथान्तरण गर्न बन्द गरिएको छ ।
वर्षासँगै बाढीले पुर्याउन सक्ने क्षति कम गर्न पानी पथान्तरण बन्द गरिएको हो । गत आइतबार रातिदेखि आएको अविरल वर्षापछि मेलम्ची नदीमा बाढी आएको थियो ।
साथै आइतबार राति आएको पानी र त्यसपछि पनि निरन्तर वर्षा भइरहेको छ । आइतबार राति वर्षापछिको बाढीले मेलम्ची नगरपालिका ११ स्थित फट्टेमा अस्थायी पुल समेत बगाएको थियो । पुल बगाएसँगै स्थानीयहरुलाई आवतजावतमा समस्या भएको छ ।
विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो ।