सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • शिक्षकलाई तर्साएको हैन, तर राजनीति गर्दै हिंड्नु भएन : शिक्षामन्त्री श्रेष्ठ

शिक्षकलाई तर्साएको हैन, तर राजनीति गर्दै हिंड्नु भएन : शिक्षामन्त्री श्रेष्ठ

570
Shares
शिक्षकलाई तर्साएको हैन, तर राजनीति गर्दै हिंड्नु भएन : शिक्षामन्त्री श्रेष्ठ

 काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षकहरूलाई नतर्साएको बताएकी छन् ।

शुक्रबार राष्ट्रिय सभामा बोल्दै उनले आफ्नो प्रोफेसनल इथिक्स मेन्टेन गर भन्नु त तर्साएको नभएको बताएकी हुन् ।सांसदहरूले शिक्षकलाई तर्साउन नहुने बताएका थिए । जवाफ दिंदै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘शिक्षकले राजनीति गर्दै हिंड्नु भएन, कक्षा कोठामा हुनुपर्‍यो । ‘शिक्षकलाई तर्साएको छैन । शिक्षक राजनीतिक पार्टीको सदस्य हुनुहुन्न भनेर राजनीतिक दल सम्बन्धी ऐनले नै भन्छ । यसकारण राजनीति गर्दै हिंड्नु भएन ।

सामुदायिकमा भन्दा निजी विद्यालयको एसईईको नतिजा राम्रो आउनुको पछाडि निजीमा राम्रो नतिजा नआए हायर एण्ड फायर हुने र राजनीति नहुनु प्रमुख कारण रहेको उनले बताइन् ।

570
Shares

ट्रेन्डिङ