सबैको समाचार
मङ्लबार, जेष्ठ ७, २०८२
  • होमपेज
  • दिपेन्द्रलाई जिपले ठक्कर दिएको पुष्टि ,जिप चालक पक्राउ

दिपेन्द्रलाई जिपले ठक्कर दिएको पुष्टि ,जिप चालक पक्राउ

610
Shares
दिपेन्द्रलाई जिपले ठक्कर दिएको पुष्टि ,जिप चालक पक्राउ

काभ्रे :- काभ्रेको पनौतीमा रहेको पुण्यमाता खोलामा मोटरसाइकल सहितचालक मृत भेटिएको घटनामा मोटरसाईकललाई ठक्कए दिएको जिपलाई सिसिटिभीको फुटेजका आधारमा पक्राउ गरेको छ ।

गत ३१ गते बिहान पनौतीको पुन्यमाता खोलामा मोटर साइकल सहित चालक नमोबुद्ध नगरपालिका- १ का २४ वर्षीय दीपेन्द्र खड्काको मृत्यु भएको थियो ।

काभ्रे प्रहरीका सुचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार घटनाको थप अनुसन्धानको क्रममा पनौतिबाट बनेपा तर्फ आउदै गरेको बा ७ च ८६२१ न.को जिपले ठक्कर दिएको सिसिटिभी बाट देखिएकोले जिप र जिप चालक सिन्धुपाल्चोक मेलम्चि नगरपालिका वडा न १ बस्ने बर्ष २६ को भेषराज चौलागाई लाई नियन्त्रणमा लिईएको जानकारी दिएका छन ।

दुर्घटना ग्रस्त मोटरसाइकल सडकबाट ६ मिटर तल खोलामा खसेको थियो ।

610
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका