सबैको समाचार
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • उपचारको क्रममा धुलिखेल अस्पतालमा नवजात शिशु र आमाकाे मृत्यु

उपचारको क्रममा धुलिखेल अस्पतालमा नवजात शिशु र आमाकाे मृत्यु

345
Shares
उपचारको क्रममा धुलिखेल अस्पतालमा नवजात शिशु र आमाकाे मृत्यु

काभ्रे  ।  धुलिखेल अस्पतालमा  उपचारकाे क्रममा नवजात शिशु र आमाकाे मृत्य भएकाे छ । 

नमोबुद्ध नगरपालिका-९ निवासी ३० वर्षिया माईली माया तामाङ र उनकाे नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको हो ।

पहिलेदेखि नै नियमित चेकजाँच गराउँदै आएकी तामाङ यही साउन ७ गते चेकजाँचको लागि मेथिनकोट अस्पताल भकुण्डे पुगेकी थिइन् । सोही दिन उनको अवस्था बिग्रिएकाले धुलिखेल अस्पतालमा विस्तृत परीक्षणको लागि पठाइएको थियो ।

आमा र नवजात शिशुको अवस्था गम्भीर रहेकाले बुधबार २ बजे अप्रेसन गरी नवजात शिशु निकालिएको थियो ।

 नवजात शिशुको अवस्था गम्भीर रहेकाले १ः२० बजे मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ । माईली मायाको बुधबार दिउँसो ३ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

345
Shares

ट्रेन्डिङ