काभ्रे । काभ्रे हुँदै पुर्व जाने विपि राजमार्ग अबरुद्ध भएको छ। विपि राजमार्ग अन्तर्गत रोशी गाउँपालिका वडा नम्बर ११ माम्तिमा बि.पि. राजमार्ग अबरुद्ध भएको हो ।
अबिरल भैरहेको बर्षादका कारण खहरे खोलाबाट आएको लेदो सहितको बाढीले राजमार्ग आवज जावतमा दुई तर्फीमै समस्या भएको र अहिले स्थानिय तहको समन्वयमा बाटो खुलाउने प्रयास भैरहेको काभ्रे प्रहरीका सुचना अधिकारी राज कुमार श्रेष्ठले जानकारी दिए ।
अहिले विपि राजमार्ग दुबै तर्फ अबरुद्ध भएको छ । खहरेखोलामा लेदो सहितको बाढी भने मंगलबार विहान ११ बजे तिर आएको प्रहरीले जनाएको छ ।