सबैको समाचार
सोमवार, असार १६, २०८२
  • होमपेज
  • राजस्व छ्ली गरी ल्याईएको दैनिक उपभोग्य बस्तु नियन्त्रणमा

राजस्व छ्ली गरी ल्याईएको दैनिक उपभोग्य बस्तु नियन्त्रणमा

705
Shares
राजस्व छ्ली गरी ल्याईएको दैनिक उपभोग्य बस्तु नियन्त्रणमा

काभ्रे :- जिल्लाको धुलिखेल नगरपालिका वडा न ९ र ११ को सिमानामा रहेको अस्थाई चेक पोस्टमा प्रहरीले चेकजाचको क्रममा राज्स्व छ्ली गरेर ल्याईएको चामल , दाल, केराउ र चिनी बरामत गरेको छ ।

आज दिउसो २ बजे धुलिखेल नगरपालिका वडा नं.९ विपि राजमार्ग स्थित काभ्रेभञ्ज्याङमा सवारी साधन चेकजाँच गर्ने क्रममा महेन्द्रनगर धनुषाबाट काठमाण्डौं गोकर्णेश्वर तर्फ जाँदै गरेको मधेश प्रदेश ०२-००१ ख ०२१८ नम्बरको ट्रकबाट दाल , चामल ,चिनी र केराउ आवश्यक कागजत नभएको भन्दै काभ्रे प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएको समान मध्ये दुई ब्रान्डका २० केजि र २५ केजीको प्याकिङ भएको चामल ४५ बोरा ,२५ र ३० किलोको प्याकिङ भएको दाल २५ बोरा ,प्रती बोरा ३० केजिको प्याकिङ रहेको केराउ ५ बोरा र ५० केजीको प्याकिङ भएको चिनी १५० बोरा नियन्त्रणमा लिएर हरिहर भवन ललितपुर पठाईएको हो ।

चामल सङै ट्रक चालक महोत्तरी जिल्ला बर्दिबास नगरपालिका .वडा नं.१ खयरमारा बस्ने बर्ष ३९ को हिरा तामाङ सहितलाई नियन्त्रणमा लिई कारवाहीका लागी राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाईएको काभ्रे प्रहरीका सुचना अधिकारी राज कुमार श्रेष्ठले जानकारी दिएका हुन ।

705
Shares

ट्रेन्डिङ