सबैको समाचार
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • सरुवा र बढुवाका लागि मन्त्री र नेताको घर नजानु : अर्थमन्त्री

सरुवा र बढुवाका लागि मन्त्री र नेताको घर नजानु : अर्थमन्त्री

130
Shares
सरुवा र बढुवाका लागि मन्त्री र नेताको घर नजानु : अर्थमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रसेवकहरु सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने गरेको बताएका छन् ।

बुधबार ललितपुरमा आयोजित सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिम- २०८१ समापन समारोहलाई सम्बोधन गर्दै उनले सो बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले कर्मचारीहरुलाई सरुवा-बढुवाका लागि मन्त्री र नेताको घर नजान पनि निर्देशन दिए । उनले पोशाकका आधारमा व्यवहार नगरी सेवाग्राहीका समस्याहरु बुझेर यथोचित ढंगले सम्बोधन गर्न निर्देशन दिए ।

हाकिमको आदेश भन्दापनि कानुनसँग, राष्ट्रको हित र नागरिकको हितसँग बाझिएका बाहेकमा डराउनुपर्ने स्थिति नरहेको उनले बताए ।

उनले भने, ‘राष्ट्रसेवकहरु सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने यदाकदा त्यस खालका प्रवृत्तिहरु पनि देखा पर्ने गर्दछन् । सेवाग्राही टाइसुट लगाएर आएको होला, चश्मा, कोट लगाएर आएको होला । झुत्रेझाम्रो पोशाकमा आएको होला । त्यो सबैप्रति समान व्यवहार गर्न सिक्नुपर्नेछ ।’

पौडेलले पछिल्ला दिनहरुमा केही गम्भीर चुनौतिको सामना गरिरहेको बताए ।

130
Shares

ट्रेन्डिङ