सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • छोरीको हत्या गर्ने काभ्रेकी महिला पक्राउ

छोरीको हत्या गर्ने काभ्रेकी महिला पक्राउ

1140
Shares
छोरीको हत्या गर्ने काभ्रेकी महिला पक्राउ

काभ्रे ।  छोरीको हत्या गरी शव खोलामा फालेको आरोपमा काभ्रेकी महिला पक्राउ परेकी छिन् ।

काभ्रे स्थित  पनौती घर भई ललितपुरको कोन्जोसोम गाउँपालिका–३ दलचोकी बस्दै आएकी २१ वर्षीया प्रमिला भण्डारीलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले  सोमबार पक्राउ गरेको हो ।

२३ महिनाकी छोरी प्रिन्सिका भण्डारीलाई  उनकै आमा प्रमिलाले हत्या गरेको खुलेको पाइएको प्रहरीले जनाएको छ ।

२७ साउनमा आफ्नै घरबाट २३ महिनाकी छोरी हराएको भन्दै प्रमिलाले प्रहरी वृत्त चापागाउँमा निवेदन दिएकी थिइन् ।खोजतलास गर्ने क्रममा साउनको २८ गते उनको घर नजिकै सिलिङ्गेबेसी आँपबोटमा रहेो ठोस्ने खोलामा बालिकाको शव फेला परेको थियो ।

शवको प्रकृति र पोष्टमार्टम रिपोर्टमा संकास्पद देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा प्रमिलाले नै हत्या गरेको खुलेको हो ।

पिट्दा बेहोस भएपछि खोलामा फालेको आमाले  स्वीकार समेत गरेको  प्रहरीले जनाएको छ ।

प्रमिलाविरुद्ध ललितपुर जिल्ला अदालतबाट कर्तव्य ज्यानको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

1140
Shares

ट्रेन्डिङ