सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • वीपी राजमार्गको धुलिखेल–भकुण्डेवेशी सडकखण्ड २४ सै घण्टा सुचारु

वीपी राजमार्गको धुलिखेल–भकुण्डेवेशी सडकखण्ड २४ सै घण्टा सुचारु

470
Shares
वीपी राजमार्गको धुलिखेल–भकुण्डेवेशी सडकखण्ड २४ सै घण्टा सुचारु

काभ्रे । बीपी राजमार्गमा आजदेखि धुलिखेलदेखि भकुण्डेबेँसी सम्मको खण्डमा २४ सै घन्टा सवारीसाधन चलाउन पाइने भएको छ । 

गत असोज ३० गतेदेखि बीपी राजमार्गमा बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन चलाउन रोक लगाइएको थियो । उक्त खण्डमा सुख्खा पहिरो झर्ने सम्भावना भएकाले सवारी साधन चलाउन रोक लगाइएको थियो ।

गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षा र बाढीपहिरोका कारण बीपी राजमार्गको भकुण्डेबेंसी वर्षेखोला खण्ड काभ्रेको करिब ८ किलोमिटर भन्दा बढी लम्बाइको सडक पूर्ण रुपमा बगाएको थियो ।

बीपी राजमार्गकै भकुन्डेबेँसीदेखि पूर्वतर्फ भने रातिको समय सवारी चलाउन लगाइएको रोक कायमै छ ।

बीपी राजमार्गमा ट्र्याक निर्माण गरी साना सवारीसाधन दुईतर्फी सञ्चालनमा आएको छ ।

470
Shares

ट्रेन्डिङ