काभ्रेपलाञ्चोक :- जिल्लाको सुख्खा क्षेत्रकै रुपमा चिनिने पाँचखाल नगरपालिकामा खानेपानीको समस्या छ। सोहि समस्यालाई समाधानका निम्ति स्थानिय नागरिक , नगरपालिका र एडीबीको सहयोगमा २०७४ सालमा सुनकोशी बगरबाट लिफ़्टीङ्ग प्रविधि मार्फत पानि ल्याउने योजना अनुरुप सुरु गरिएको योजनाको निर्माण समयमनै नसकिने भएको छ।
असोज दोस्रो साता आएको बाडी र पहिरोका कारण पाँचखाल शहरी खानेपानी तथा सरसफाई आयोजनामा समेत आंशिक क्षेति पुर्याएको छ। आयोजनाको मुहान भुम्लु गाउँपालिकाको वडा न.१० को विमिरे बगर नजिकै रहेका स्थानिय बासीको सोहि आयोजना निर्माणका लागी बनाएको बाटो उचित व्यवस्थापन नगर्नाले आएको पहिरोले गर्दा मान बहादुर तामाङ्गको घर लगाएत ३ वटा घर र केहि गोठ र गोठमा रहेका चौपायाहरु समेत क्षेति भएको छ। खानेपानी आयोजनाले ट्याङ्गकि निर्माण, तथा ट्रीटमेन प्लान बनाएको क्षेत्र जानको लागी खनिएको बाटोले गर्दा कहिल्यै खोला नआउने ठाउँमा बाडी र पहिरो संगै आएका कारण आफ्नो घर र पशुहरु क्षेति भएको मान बहादुर बासको प्रवन्ध अभए सम्म खानेपानी पनि संचालन गर्न नदिने बताउछन ।
पहिरोमा नै परेर विमिरे नमुना कृषि तथा पशुपन्छी फर्म संचालन गरिरहेका कृष्ण बहादुर तामाङ्गको पनि ७ वटा बाख्रा , र कुखुरा सहितको खोर नै क्षेति भएकाले २० लाख क्षेति भएको बताउछन। २ कोठे पक्कि घर र भान्सा घर समेत पुरेको समिरा पनि बासको व्यवस्थापन सरकारले गर्दिए जीवन यापनमा सहज हुने बताउछिन।
स्थानिय संगै खानेपानीको मुहानको कम्पाउण्ड वाल देखि मुहानमै पनि लेदो पसेको छ। भने विधुतपनि अबरुद्ध भएको छ। आयोजनाको करिब ११ ठाउमा पाईप लाईनमा क्षेति रहेको छ। दसैँ अघि पानि संचालनमा ल्याउने तयारी गरिएको भए पनि बादी र पहिरोलेको क्षेतिले गर्दा अब तिन महिना पछि मात्र आयोजनाको खानेपानी जनताको घर आगनमा पुर्याएर संचालन गर्न सकिने सुनकोशी पाँचखाल खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछाने बताए।
आयोजनामा एडीबीको ७०% , नगर विकाश कोषको ऋण सहायतामा २५% र स्थानिय उपभोक्ताबाट नै ५ % उठाएर कुल १ अर्ब ४९ करोडमा सुरु गरिको थियो। बाडी र पहिरो बाट करिब आयोजनाको १ करोड ६९ लाख क्षेति भएको छ। आयोजनाको परामर्श सस्थाले आयोजनाको बाकि काम सक्नका लागी करिब ४ महिनाको थप समय लाग्ने अनुमान गरेता पनि निर्माण सस्था हुवासुई कन्काई जेभीले भने उपभोक्ता समिति र परामर्श सस्थाको भन्दा फरक पानि संचालनमा ल्याउन करिब ६ महिना लाग्ने दाबि आयोजना प्रमुख ईन्द्र सिंह बस्नेतले गरेका छन्।
पाँचखाल नगरपालिकाको १० वटा वडाका करिब ६ हजार ३७ घरघुरीले खानेपानी नागरिकको घरमा समयमा नै पुर्याउन र नागरिकको लगानी र राज्यले ऋण सहायताबाट संचालित यस्ता आयोजना समयमा काम नगर्ने निर्माण कम्पनिलाई विपद समय थप्ने बहाना मात्र नबनोस। समयमै सबै सरोकार वाला पक्षले ध्यान दिन सकेमा मात्र राज्य र नागरिकले गरेको लगानी सुनिस्चित हुनुको साथौ पानि कुरेका नागरिकले समेत समयमै पानि पाउने थिए।