काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले खेलकुद नबुझेकाहरू खेलकुद मन्त्री बनेको भन्दै टिप्पणी गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमा मन्त्रि गुरुङले लोकरिझ्याँईको राजनीति गलत भएको समेत बताए।
उनले भने, ‘हाम्रो विभिन्न क्षेत्र अस्तव्यस्त भएको कारण नै के हो भने ती क्षेत्रले सही पात्र नै पाएको छैनन्। खेलकुदको ख नबुझ्नेहरु जहिले पनि खेलकुदमन्त्री बनिरहेको देख्छु। बन नै नबुझेको मान्छेहरु बनमन्त्री भइरहेको हुन्छ। त्यस्तै त्यस्तै म पनि त्यही भित्र पर्छु जस्तो लाग्छ मलाई। म यो सञ्चारको धेरै कुरा नै बुझेको छैन।’
बुधबार विशिष्ट चलचित्रकर्मी परिचय पत्र वितरण समारोहलाई सम्बोधन गर्दै उलेन यस्तो बताएका हुन्। उन नेपाली समाज नै ढोंगी बनिरहेको उल्लेख गर्दै के बोल्दा तत्काल ताली बज्छ त्यहिँ मात्रै बोल्ने क्रमको विकास भएको बताए। उनले कलाकारको बीचमा पुग्दा म पनि कलाकार थिएँ भन्ने र मजदुरको कार्यक्रममा जाँदा म पनि मजदुर नेता थिएँ जस्ता लोकरिझायाँईका अभिव्यक्ति दिनु नहुने बताए।
उनले नेपालमा मन्त्री हुनलाई कुनै योग्यता नै नचाहिने भन्दै निर्वाचन जितेपछि र पार्टी एवं नेताको नजरमा परेपछि मन्त्री बन्ने परम्परा गलत रहेको बताए। सही पात्र नपाउँदा देश विकास हुन नसकेको मन्त्री गुरुङको भनाइ छ।
‘हाम्रो नेपालमा मन्त्री हुनलाई कुनै योग्यता नै चाहिँदैन। तपाईंहरुले जिताइदिएपछि पुगिहाल्यो । त्यो मन्त्रालय चलायन यति क्वालिफिकेशन, अनुभव, योग्यता चाहिन्छ भन्नेकुरा केही पनि छैन। चुनाव जितेर आएर पार्टी र नेताले मन पराएपछि भइहाल्य । त्यो हाम्रो विभिन्न क्षेत्र अस्तव्यस्त भएको कारण नै के हो भने त्यसले सही पात्र नै पाएको छैन।