सबैको समाचार
बिहिबार, असार ४, २०८३
  • होमपेज
  • देशभर डेंगुको प्रकोप बढ्दो

देशभर डेंगुको प्रकोप बढ्दो

500
Shares
देशभर डेंगुको प्रकोप बढ्दो

काठमाडौँ । देशभर डेंगुको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको पाइएको छ ।

सन् २०२५ को सुरुवातदेखि हालसम्म २ हजार २१३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने देशका ७३ जिल्लामा यसको प्रकोप फैलिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडि) का अनुसार पछिल्लो एक हप्तामा मात्र १५७ नयाँ डेंगुका बिरामी थपिएका छन् भने पछिल्लो २४ घण्टामा १० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

(इडिसीडि)को आँकडा अनुसार गण्डकी र बागमतीमा सबैभन्दा बढी जोखिम डेंगुको सङ्क्रमणबाट गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ ।त्यहाँ हालसम्म ६ सय १२ जना सङ्क्रमित भएका छन् भने पछिल्लो एक हप्तामा मात्रै ६० नयाँ केस थपिएको छ ।

त्यस्तै, बागमती प्रदेशमा ४ सय ८१ जना, कोशी प्रदेशमा ४ सय २ जना र लुम्बिनी प्रदेशमा ३ सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो साता लुम्बिनीमा ३६ र बागमतीमा २२ नयाँ बिरामी भेटिएको हो । मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने सङ्क्रमणको दर तुलनात्मक रूपमा कम छ ।

500
Shares

ट्रेन्डिङ