सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • पाकिस्तानमा शक्तिशाली भुकम्प

पाकिस्तानमा शक्तिशाली भुकम्प

2530
Shares
पाकिस्तानमा शक्तिशाली भुकम्प

बुधबार बिहान सबेरै पाकिस्तानमा ६.३ रिक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भौगोर्लिक सर्वेक्षण संस्थाले सो जानकारी दिएको छ ।
तर भूकम्पबाट मानवीय र सम्पत्ती क्षतिको कुनै समाचार प्राप्त नभएको बताइएको छ । स्थानीय समयाअनुसार बुधबार बिहान ३ः०३ बजे सो भूकम्प गएको हो ।
सो भूकम्पको केन्द्रविन्दु दक्षिणपश्चिमी तटीय सहर पास्नीबाट २३ किलोमिटर टाढा रहेको छ ।
सन् २०१५ को अक्टोबरमा पाकिस्तानी र अफगानिस्तानको सीमा क्षेत्रमा गएको ७.५ रिक्टर स्केलको भूकम्पबाट करिब चार सय व्यक्तिको मृत्यु भएको थियो ।
सन् २००५ को अक्टोबर ८ मा पाकिस्तानको नियन्त्रित काश्मिरमा गएको ७.६ रिक्टर स्केलको भूकम्पबाट करिब ७३ हजार व्यक्तिको मृत्यु भएको थियो । यस भूकम्पको कारण करिब तीन लाख ५० हजार व्यक्ति घरवारविहिन भएका थिए । रासस/सिन्ह्वा

2530
Shares

ट्रेन्डिङ