सबैको समाचार
बिहिबार, भदौ २५, २०८३
  • होमपेज
  • सुशीला कार्की प्रधानमन्त्री बन्ने

सुशीला कार्की प्रधानमन्त्री बन्ने

510
Shares
सुशीला कार्की प्रधानमन्त्री बन्ने

काठमाडौं । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा बिहीबार बसेको छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति जुटेको छ।

बैठकमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वप्रधानन्यायाधीश कार्की, कानुनविद् ओमप्रकाश अर्याल लगायतको उपस्थिति थियो। छलफलमा संविधानअनुसारको बाटोमा अघि बढ्ने विषयमा केन्द्रित वार्ता भएको स्रोतले जनाएको छ।

यद्यपि संसद् विघटनको विषयमा केही मतभेद देखिएको बताइएको छ। यसअघि ‘जेन(जी) समूह’ले पनि कार्कीको नाम अन्तरिम सरकारको नेतृत्वका लागि सिफारिस गरेको थियो।

510
Shares

ट्रेन्डिङ