सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • निमित्त प्रहरी महानिरीक्षकमा डा पोखरेल

निमित्त प्रहरी महानिरीक्षकमा डा पोखरेल

3760
Shares
निमित्त प्रहरी महानिरीक्षकमा डा पोखरेल

सरकारले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक डा दिनेशचन्द्र पोखरेललाई आज निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले डा पोखरेललाई निमित्त प्रहरी महानिरीक्षक बनाएको ऊर्जामन्त्री जनार्दन शर्माले राससलाई जानकारी दिनुभयो । डा पोखरेल प्रहरी अस्पतालका प्रमुख हुनुहुन्छ । महानिरीक्षक नियुक्तिका विषयमा सर्वोच्च अदालतले दिएको आदेश तथा आजै प्रहरी प्रमुख छान्नुपर्ने अवस्थाका कारण सरकारले डा पोखरेललाई सो जिम्मेवारी दिएको हो ।
सरकारले जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाए पनि सर्वोच्च अदालतले उहाँको नियुक्तिको प्रक्रिया तत्काल अगाडि नबढाउन आदेश दिएको छ । महानिरीक्षक अर्यालसहित पन्ध्र जना सेवानिवृत्त हुनुभएको छ ।

3760
Shares

ट्रेन्डिङ