सबैको समाचार
बिहिबार, साउन १४, २०८३
  • होमपेज
  • राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना

राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना

4075
Shares
राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना

नेक्सस क्रिक्रेट एकेडेमीले नेक्सस कप अण्डर १६ अन्तर एकेडेमी टी ट्वान्टी राष्ट्रिय क्रिक्रेट प्रतियोगिताको आयोजना गर्ने भएको छ । आज भक्तपुरमा एकेडेमीले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै प्रतियोगिता मूल आयोजक समितिका संयोजक भरतकुमार शाहीले प्रतियोगिता लिग तथा नकआउटका आधारमा सञ्चालन हुने बताउनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा देशभर रहेका निजी तथा सामुदायिकस्तरबाट सञ्चालित क्रिक्रेट एकेडेमी तथा क्लबमध्येबाट ३२ टिमका ४४८ खेलाडीको सहभागिता रहने बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई रु एक लाख ५० हजार नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र, द्वितीय हुनेलाई रु एक लाख नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने भएको छ ।
त्यसैगरी म्यान अफ द सिरिजलाई रु २० हजार, इमरजिङ खेलाडीलाई रु १५ हजार, उत्कृष्ट बलरलाई रु १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई रु १० हजार नगदसहितको पुरस्कार प्रदान गरिने बताउनुभएको छ ।
कुल रु ५८ लाखको लागतमा सम्पन्न हुने प्रतियोगितामा कक्षा ८ को जिल्लास्तरीय परीक्षा उत्तीर्ण भएका व्यक्तिमात्र सहभागी हुन पाउनेछन् ।
प्रतियोगिता आगामी चैत १५ देखि वैशाख ५ गतेसम्म भक्तपुरको सैनिक आवासीय उमाविको खेलमैदानलगायत तीन ठाउँमा खेल हुने प्रतियोगिताका सहसंयोजक विजयकुमार शर्माले जानकारी दिनुभयो । रासस

4075
Shares

ट्रेन्डिङ