सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • थरुहट बालबालिकाहरुलाई आर्थिक सहयोग

थरुहट बालबालिकाहरुलाई आर्थिक सहयोग

5180
Shares
थरुहट बालबालिकाहरुलाई आर्थिक सहयोग

दिपा महतो । फाल्गुन ११ । कैलाली
कैलालीको थापापुर गा.वि.स. झबहीमा थरुहट÷थारुवान आन्दोलनको क्रममा जेल जीवन बिताइरहेका टिकापुर घटनाका पिडितको परिवारका बालबालिकाको पठनपाठनको लागि आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
थारुहट÷थारुवान संयुक्त संघर्ष समिति कैलालीको आन्दोलनको क्रममा टिकापुर घटनाको आरोपितहरु विगत एक बर्ष ६ महिना देखि २५ जना आन्दोलनकारीहरु राजबन्दीको रुपमा जेल जिवन बिताइरहेका छन् ।
राज्यले हाल सम्ममा पिडितहरुको कुनै पनि सुनुवाई गरेको छैन । हाल राजबन्दीहरुको परिवार तथा बालबालिकाहरुको नाजुक अवस्था रहेको छ ।
यसैले पिडितहरुको पारिवरिक अवस्थालाई मध्यनजर गरि आर.एन. चौधरी थारुको अध्यक्ष नेत्तृवमा केही महिना अगाडि मात्र गठन भएको प्रवासी थारु सेवा समाज मलेसियामा आबद्ध थारु युवा, महिला, बुद्धिजीवीहरुको र बुद्धबातिक रनगाई कपिलबस्तुका तथा प्रवासि थारु सेवा समाज मलेसियाका सचिव मनिराम थारु लगायतको विशेष सहयोगमा आर्थिक संकलन गरि पिडितका परिवारका बालबालिकाको पठनपाठनको लागि सहयोग पठाउनु भएको थियो ।
सो आर्थिक सहयोग रकम थरुहट /थारुवान संयुक्त संघर्ष समिति कैलाली कञ्चनपुरको सहकार्यमा पिडितको परिवार जनहरुलाई जनही रु.२००० को दरले २५ घररपरिवारलाई आर्थिक सहयोग हस्तान्त्रण गरियो । सो आर्थिक सहयोग थरुहट÷थारुवान संयुक्त संघर्ष समिति कैलाली कञ्चनपुरको संयोजक प्रभात कुमार चौधरीेद्धारा पिडित परिवारका बालबालिका र परिवार जनहरुलाई हस्तान्तरण गरि कार्यक्रम सम्पन्न गरियो ।
कार्यक्रममा संघर्ष समितिका संयोजक प्रभात कुमार चौधरीले थारुको अधिकार सुनिश्चित नभए सम्म र टिकापुर घटनाका राजबन्दीहरुलाई राज्यले रिह नगरे सम्म स्थानिय चुनाव कूनै हालतमा हुन नदिने कुरा राख्न भएको थियो ।
त्यसै क्रममा पिडित परिवारका सदस्यहरु परिवारको अवस्था नाजुक भएको र बालबच्चा पढाउन साह्रै गाह्रो भएको कुरा गरि व्यक्त गरेका थियो साथै हाम्रा अधिकार सुनिश्चित गर्न र राजबन्दी पिडितहरुलाई चांडै रिह गराउनको लागि सम्पूर्ण थारु नेत्तृव ध्यान नदिएको कुरा र हाम्रो माग पुरा नभए सम्म कूनै पनि चुनाव गर्न नदिने आक्रोश पोखेका थिए ।
यसका साथै यस्ता सहयोगी संस्थाको आर्थिक सहयोगले बालबालिकाको पढाईमा मद्दत हुने कुरा र धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रमा थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलाली कञ्चनपुरको प्रावक्त ठाकुर प्रसाद करियाप्रधान, युवा नेता चन्द्र सडगौवा, लखन चौधरीको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।

5180
Shares

ट्रेन्डिङ