सबैको समाचार
बिहिबार, भदौ २५, २०८३

कञ्चनपुर घटनाको विरोध

6180
Shares
कञ्चनपुर घटनाको विरोध

कञ्चनपुरको आनन्द बजारमा भारतीय सीमा सुरक्षा बलले नेपाली नागरिकको हत्या गरेको जनाउँदै नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठन वाइसिएलले विरोध गरेको छ ।
वाइसिएलका अध्यक्ष नेपबहादुर कँुवरले आज साँझ विज्ञप्ति प्रकाशन गरी नेपाली भूमिमा नै प्रवेश गरेर नेपाली नागरिकको हत्या गर्नु जघन्य अपराध भएको उल्लेख गर्नुभएको छ । वाइसिएलले मृतकको परिवारप्रति समवेदना प्रकट गर्दै कूटनीतिक पहलमार्फत दोषीलाई कारबाही गर्न र नेपाली सुरक्षाकर्मीमार्फत स्थानीय नागरिक तथा नेपाली भूभागको सुरक्षा गर्न सरकारसँग माग गरेको छ ।
त्यस्तै नयाँ शक्ति पार्टीका प्रवक्ता खिमलाल देवकोटा र अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष नरेन्द्र न्यौपानेले विज्ञप्तिमार्फत सीमा क्षेत्रमा भएको उक्त घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कारबाही गर्न माग गर्नुभएको छ । रासस

6180
Shares

ट्रेन्डिङ