सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • फोहोर मैला थुपारेको ठाउँमा पहिरो जाँदा कम्तिमा ३५ जनाको मृत्यु

फोहोर मैला थुपारेको ठाउँमा पहिरो जाँदा कम्तिमा ३५ जनाको मृत्यु

4055
Shares
फोहोर मैला थुपारेको ठाउँमा पहिरो जाँदा कम्तिमा ३५ जनाको मृत्यु

इथियोपियाको राजधानी अदिस अबाबा नजिकै रहेको एक फोहोर मैला भण्डारणस्थलमा पहिरो जाँदा आइतबार कम्तिमा ३५ जनाको मृत्यु भएको सहरका प्रवक्ताले फ्रान्सेली समाचार संस्था एएफपीलाई आइतबार बताएका छन् ।
पहिरोमा परी दर्जनौँ मानिस बेपत्ता भइरहेका छन् भने उनीहरूको खोजी कार्य जारी छ ।
शनिबार राति गएको पहिरोले करिब ३० घरलाई पुरेको र २८ जना घाइते भएको प्रवक्ता दग्माबिस मोगेसले जानकारी गराए ।
पहिरोले घर पुरेपछि कैयौँ जना गाउँबाट विस्थापित भएका छन् ।
‘कोसे ल्यान्ड फिल्ड’ स्थलमा गएको पहिरोमा परी दर्जनौँ पुरिएका बताइए पनि क्षतिको विस्तृत विवरण प्राप्त भइसकेको छैन । रासस÷एएफपी÷एपी

4055
Shares

ट्रेन्डिङ