सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३
  • होमपेज
  • प्रधानमन्त्रीद्वारा सहिदप्रति श्रद्धाञ्जलि

प्रधानमन्त्रीद्वारा सहिदप्रति श्रद्धाञ्जलि

4000
Shares
प्रधानमन्त्रीद्वारा सहिदप्रति श्रद्धाञ्जलि

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद सप्ताहको अन्तिम दिन आज लैनचौरमा रहेको सहिद स्मारकमा पुगी सहिदको शालिकमा फूलमाला अर्पण गर्दै सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्नु भएको छ ।
सो श्रद्धाञ्जलि सभामा सभामुख ओनसरी घर्ती मगर, मन्त्रीहरू हितराज पाण्डे र रवीन्द्रराज जोशी, मुख्य सचिव डा सोमलाल सुवेदी, प्रधान सेनापति, प्रहरी महानिरीक्षक र सरकारका कर्मचारीले पनि पुष्पगुच्छा अर्पण गर्दै सहिदको सम्झना गर्नुभएको थियो ।
सोही अवसरमा नेपाली सेनाले सहिदको सम्झनामा एक मिनेट सम्मान गारक अर्पण गरेको थियो । काठमाडौँ महानगरपालिकाको आयोजनामा सहिद सप्ताहको अन्तिमा दिन आज रत्नपार्क शान्तिवाटिकाबाट प्रभातफेरीको आयोजना गरी सहिद स्मारक लैनचौर पुगी मूल समारोहमा परिणत भएको थियो ।

4000
Shares

ट्रेन्डिङ