सबैको समाचार
मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • आमा भन्दा ठूलो धन होइन रहेछ

आमा भन्दा ठूलो धन होइन रहेछ

4365
Shares
आमा भन्दा ठूलो धन होइन रहेछ

सुमन श्रेष्ठ । युएई
आमाको अपार माया कसैले मोल्न सक्दैन । केही सँग दाज्न पनि सक्दैनन । आमाको पिडा र माया केबल आमाबन्नेहरुलाई मात्र थाहा हुन्छ । दुई छोरीहरु र एक छोरालाई हुर्काई, बढाई, पढाइलेखाई गराउँदा आमाले भोगेका कष्टहरु दिपकले बिर्सेका थिएनन् ।
आमाको मुहारमा खुसी ल्याउने दृढसंकल्प गर्दै दिपकले वैदेशिक रोजगारीको बाटो बाध्य भएर रोजेका थिए । आफ्नै गाउँमा बसेर समृद्धिको सपना देख्ने आधार नभएपछि चितवन भरतपुरका दिपकराज पौडेल रोजगारीका लागि १२ वर्षअघि युएई आएका थिए ।
दुई बहिनीहरुको शिक्षादीक्षा र भविष्यको चिन्ता परिवारको जेठो र एकमात्र छोरा दिपककै काँधमा थियो । सामान्य साक्षर आमा गोमा पौडेल, ‘पवित्रा’ पनि छोराको कमाइबाट सुखद जीउने कल्पना गर्थिन् ।
विदेशको कमाइबाट आफ्नो जीवनस्तर राम्रो हुने सपना पौडेल परिवारले बुनेर बसेको थायो । आफ्नी आमालाई कस्ले सम्मान नगर्ला र ? दिपकका आँखाहरुमा आमाको विगत र आगत चलचित्रका दृष्यझै जीवन्त थिए ।
तमाम प्रवासिएका नेपालीझैं उनको पनि धन कमाउने एउटै लक्ष्य थियो । केही वर्ष विदेशमा दुःख गरेमा गरिबीको चपेटाबाट मुक्ति मिल्ने आम सपना उनले साँचेका थिए । परिवारको जेठा छोरा दिपकको जिम्मेवारी पनि जेठै थिए ।
दिनहरु बिते । महिना बिते । वर्षहरु बित्दै गए ।
एक सामान्य कामदारका रुपमा युएई पुगेका दिपकले आफ्नो पेशागत जीवनमा धेरै परिवर्तनहरु भोगे । युएईको जनजीवन बुझे । कानुन तथा व्यापार व्यावसायबारे चासो राखे । बजारको माग बुझे । आमाकै नाममा एक कम्पनी स्थापना गरे–अल गोमा क्लिनिङ कम्पनी एलएलसी । एक सामान्य कामदार दिपक समयक्रममा कम्पनीको मालिक बने । चालीसभन्दा बढी कामदारको अभिभावक बने ।
भर्खरै अर्को एक पार्टनरसँगको सहकार्यमा नयाँ व्यावसाय दुबईमै सुरु गरेका छन् । चितवनबाट काठमाडौंका स्थायी बासिन्दा भए । विवाह पनि गरे । हृदय ओइराएर माया गर्ने जीवनसंगीनीका रुपमा सुमित्रा आचार्यलाई पाएका छन् । जीवन एक गतिमा दौडिरहेको छ । अहिले उनको धन कमाउने एउटा सीमासम्मको सपना पूरा भएको छ ।
तर, आमाको मुहारमा खुसी ल्याउने उनको चाहना अधुरो छ । आमालाई सपनामा त धेरै पटक देख्छन् दिपक । तर विपनामा आमा कहाँ छिन् ? दिपकको एउटै चिन्ता बनेको छ दिनरात ।
विना जानकारी घरबाट बेपत्ता भएकी उनकी ४७ वर्षिया आमा हालसम्म बेखबर छिन् । वि.सं. २०६५ साल कात्तिक २५ गते तिहारको पर्सिपल्ट काठमार्डौको मनमैजुबाट परिवारको सम्पर्कबाट टाढिइकी गोमा पौडेलको अहिलेसम्म पत्तो नहुँदा पौडेल परिवार स्तब्ध बनेको छ । आमालाई सुखी राख्न धन कमाउन बिदेसिएका दिपकसँग अहिले स्वाभाविक आवश्यकता पूरा गर्ने धन त छ तर आमा छैनन् ।
सात वर्षको यो अबधिमा सयौं पटक नेपाल पुगेपछि उनको पहिलो कर्तव्य आमाको खोजी गर्नु नै हुन्छ । आफन्त तथा साथीभाइसँग आमाकै विषयमा चर्चा हुन्छ ।
चिना हेराउनेदेखि गाडीमा प्रचार सामग्री बाँड्दै माइकिङ गरेर आमाको खोजी गरिरहे पनि अहिलेसम्म केही पत्तो लागको छैन । घरमा कुनै समस्या नभएको कारण आमाले यसरी सम्पर्क्विहीन हुनुका केही कारणहरु नभएको दिपकको अनुभव छ ।
‘प्जिज हेल्प मि टु फाइन्ड माई मदर’ नामको पेज बनाएर पनि खोजीकार्यलाई सामाजिक सञ्जाल फेसबुकमा पनि आमाको खोजी अभियानलाई उनले निरन्तरता दिएका छन् । तर, सबैबाट सहानुभूति सिवाय केही पाएका छैनन् ।
त्यो बेलासम्म शारीरिक र मानसिक रुपमा स्वस्थ्य आमा कुनै एक दिन फर्केर आउने उनको आशा ताजै छ । कहिले उनको मनले आफ्नी आमा नेपालकै कुनै धर्मशालामा रहेको अनुमान गर्न पुग्छ त कहिले मलेसिया वा अन्य खाडी देशहरुमा आफ्नी आमा पुगेकी हुन सक्ने अड्कल काट्छ ।
चिना हेराउँदा पनि धेरै ज्योतिषीहरुले विदेशमा रहेको अनुमान गरेका कारण आफ्नी आमा भारतदेखि कुवेत, साउदी, कतार, बहराइन र मलेसिया मध्ये कुनै देशमा काम गरिरहेकी भन्ने दिपकको आशंका छ ।
हराएकी आफ्नी आमाबारे कुनै भरपर्दो जानकारी दिने अथवा आमा भेटाइदिनेलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा दिपकले गरेका छन् । आफन्त, साथीभाइ, सहकर्मी सबैलाई हराएकी आमाबारे तारन्तार जानकारी लिँदै उनको अधिकांश समय बितेको छ ।
यसबीचमा कुनै भरपर्दो जानकारी नपाई निराशामा डुबेका उनको आमा भेट्ने आशा भने जीवितै छ । आफ्नी आमाबारे केही भरपर्दो जानकारी पाएमा ००९७१ ५५१०४० ९४३ मा खबर गरिदिन दिपकले सबैलाई आग्रह गरेका छन् ।

4365
Shares

ट्रेन्डिङ