सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अपाङ्गता भएकालाई ह्विलचियर

अपाङ्गता भएकालाई ह्विलचियर

4690
Shares
अपाङ्गता भएकालाई ह्विलचियर

यहाँस्थित दमक अपाङ्ग सहयोग समितिले शारीरिक अपाङ्गता भएका ११ जनालाई ह्विलचियर र तीनचक्के साइकल वितरण गरेको छ ।
समितिले आइतबार दमकमा एक कार्यक्रम गरी ती सामग्री हस्तान्तरण गरेको हो । दमक, लखनपुर, गौरादह र धरमपुरका ११ जना अपाङ्गलाई समाज कल्याण परिषद्, राष्ट्रिय अपाङ्ग कोष र राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजको सहयोगमा ती सामग्री वितरण गरिएको समितिका अध्यक्ष खगेन्द्रबहादुर भट्टराईले बताउनुभयो ।
वितरण गरिएको ह्विलचियर र तीनचक्के साइकलको मूल्य करिब रु ६६ हजार पर्ने संस्थाले जनाएको छ । त्यस अवसरमा समाज कल्याण परिषद्का उपाध्यक्ष निलमणि बरालले अपाङ्गको पनि सवलाङ्गसरह समाजमा बाँच्न पाउने अधिकार भएकाले सबै क्षेत्रबाट सहयोग र संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा दमक नगरपालिकाका समाज कल्याण शाखाका प्रमुख डम्बर बराल, राष्ट्रिय अपाङ्ग कोषका सदस्य सचिव यामनाथ मैनाली, नेपाल जेसीजका अध्यक्ष प्रकाश अधिकारीले समाजसेवामा सबैको सहयोग हुनुपर्ने विचार व्यक्त गर्नुभएको थियो । रासस

4690
Shares

ट्रेन्डिङ