सबैको समाचार
आइतवार, माघ ६, २०८१
  • होमपेज
  • नेपाल बङ्गलादेशसँग ८३ रनले पराजित

नेपाल बङ्गलादेशसँग ८३ रनले पराजित

7070
Shares
नेपाल बङ्गलादेशसँग ८३ रनले पराजित

बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपाल आयोजक बङ्गलादेशसँग ८३ रनले पराजित भएको छ । बङ्गलादेशको शेख कमल स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बङ्गलादेशले नेपालसामु २५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
जवाफी ब्याटिङमा उत्रेको नेपाल ४२ दमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १७४ रनमा समेटियो । लगातारको दोस्रो हारसँगै नेपाल छनोट चरणबाटै बाहिरिएको छ ।
नेपालका दीपेन्द्रसिंह ऐरिले अर्धसतक बनाए । ८५ बल खेलेका उनले ६ चौकाको मद्दतमा ५६ रन जोडे । त्यसैगरी दिलीप नाथ एक छक्का र चार चौका प्रहर गर्दै ४१, विनोद भण्डारीले एक छक्का र छ चौकासहित ३३, अशिफ शेख १२ र मेहबुब आलमले १० रन बनाए । बलिङतर्फ बङ्गलादेशका रहतुल फेडरसले चार, मोहम्मद सैफुदिनले तीन र अबुल हसनले दुई विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको बङ्गलादेशको २३ वर्षमुनिको टालीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २५७ रन बनायो ।
बङ्गलादेशका लागि नासिर हुसैनले सतक हाने । उनले अविजित रहँदै ११५ बलमा १०९ रन बनाए । यसमा दुई छक्का र १२ चौका सामेल थियो । कप्तान मोमिनुल हकले ७८ बलमा सात चौकाको मद्दतमा ६१ रन तथा अबुल हसनले २९ रन बनाए ।
बलिङतर्फ नेपालका लागि अविनाश कर्णले तीन विकेट लिए । उनले आठ ओभर बलिङ गर्दै एक मेडन राखी ४६ रन खर्चेका थिए । यस्तै सन्दिप लामिछानेले १० ओभरमा ४१ रन दिँदै दुई विकेट लिए । मेहबुब आलम, कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट बाँडे ।
एसियाली क्रिकेट परिषद् (एसिसी)को आयोजनामा भइरहेको उक्त प्रतियोगितामा चार एसोसिएट राष्ट्र नेपालसँगै अफगानिस्तान, मलेसिया र हङकङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तान, भारत, बङ्गलादेश र श्रीलङ्काका २३ वर्षमुनिका खेलाडीको सहभागिता रहेको छ । रासस

7070
Shares

ट्रेन्डिङ