सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • अनुहारमा चमक ल्याउनको लागि आइस मसाज

अनुहारमा चमक ल्याउनको लागि आइस मसाज

5650
Shares
अनुहारमा चमक ल्याउनको लागि आइस मसाज

आइस (बरफको डल्लो)लाई हामीहरु विशेष गरी कोलड्रिङ्स र हार्ड ड्रिङ्सहरु पिउँदा प्रयोग गछौं । साथै यसले खाद्यान्न, औषधीहरु स्टोर गर्नमा पनि मद्दत गर्छ ।
तर हामीहरुले कहिले पनि सोचेका पनि छैनौ कि बरफको डल्लोको प्रयोगले हाम्रो शरीरको छालालाई पनि निकै फाइदा दिन्छ । एक अध्ययनका अनुसार गर्मीमा बरफको डल्लेले मसाज ग¥यो भने निम्न प्रकारको फाइदा पाउन सकिन्छ ।
आइसको डल्लोले स्किन मसाज गर्यो भने अनुहारको कालो दाग कम हुने बताइएको छ । दैनिक मसाज गरेको खण्डमा अनुहारमा भएको प्वालहरु कम हुदै जाने र अनुहारको चिल्लोपनामा कम हुदै जानेछ ।
अनुहारमा चमक
आइसको डल्लोले दैनिक मसा जगर्नेहो भने अनुसारमा भएको चाउरीपना विस्तारै हट्दै जाने र अनुहारमा चमकता आउदै जानेछ ।
अनुहारमा आउने विमिराहरु
आइसको डल्लोले स्किनमा मसाज गर्नाले सबै शरीरको तापक्रम घट्नुका साथै स्किनमा भएका विभिन्न ब्यक्टेरीयाहरु कम हुदै जान्छ र गर्मीको कारणले अनुहारमा आउने विभिन्न खाने साना साना खटिरहरुबाट पनि छुटकारा पाउन सकिन्छ ।
यसका साथै आइस मसाजबाट स्किनलाई नरम राख्ने, ठोकीएर दुखेको ठाउँमा आइसको डल्लो लगाउदा दुखाई कम हुने जस्ता अन्य धेरै फाइदाहरु पाउँन सकिन्छ । (एजेन्सी)

5650
Shares

ट्रेन्डिङ