सबैको समाचार
शनिबार, भदौ २७, २०८३
  • होमपेज
  • एम्बुलेन्समा लत्ताकपडा तस्कर गर्ने दुई जना पक्राउ

एम्बुलेन्समा लत्ताकपडा तस्कर गर्ने दुई जना पक्राउ

3680
Shares
एम्बुलेन्समा लत्ताकपडा तस्कर गर्ने दुई जना पक्राउ

एम्बुलेन्समा राखेर अवैध रुपले ल्याउँदै गरेको चोरीपैठारीको लत्ताकपडासहित बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १७ स्थित परसपुर भन्ने स्थानबाट चैत्र १६ गते राति एपीएफ टोलीले दुई जनालाई पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको भे. १ च ८३० नम्बरको एम्बुलेन्समा चोरीपैठारीको पाँच बोरा लत्ताकपडा फेला परेपछि एम्बुलेन्स चालक नेपालगंज १३ बस्ने २७ बर्षिय अजय बाल्मिकी र नेपालगंज १६ वस्ने सोही एम्बुलेन्सका सहचालक १६ वर्षिय राहुल बाल्मिकीलाई पक्राउ गरिएको हो ।
बिरामी नभएको खाली एम्बुलेन्समा राखेर ल्याउँदै गरेको करीब १ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बाँकेबाट गस्तीमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
पक्राउ परेकाहरुलाई बरामद लत्ताकपडा तथा एम्बुलेन्ससहितै आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जमुनाहमा बुझाइएको छ ।

3680
Shares

ट्रेन्डिङ