सबैको समाचार
बिहिबार, चैत्र १३, २०८१
  • होमपेज
  • कण्डमको विज्ञापनमा विवाद बढेपछि सन्नी लियोनले दिईन यस्तो तिखो जवाफ

कण्डमको विज्ञापनमा विवाद बढेपछि सन्नी लियोनले दिईन यस्तो तिखो जवाफ

4205
Shares
कण्डमको विज्ञापनमा विवाद बढेपछि सन्नी लियोनले दिईन यस्तो तिखो जवाफ


 प्रशंसकलाई आफ्नो बोल्ड अन्दाजमार्फत फिदा बनाउने सन्नी लियोन समय समयमा विवादमा छाउने गर्छिन् । केही दिन अघिको उनको बोल्ड अन्दाज उनको लागि समस्या बनेको छ ।
एक रिपोर्ट अनुसार सन्नी लियोनको कण्डमको विज्ञापनमाथि रिपब्लिकन पार्टी अफ इन्डियाको महिला विभागले विरोध जनाउँदै विज्ञापनमाथि प्रतिबन्ध लगाउनुपर्ने माग गरेका थिए । अब सन्नी लियोनले यसको जवाफ आफ्नै शैलीमा दिएकी छिन् ।
महिला विभागकी सेक्रेटरी शिला गांगुर्देको भनाई अनुसार सन्नी लियोनको उक्त विज्ञापन देखेर महिला निकै लज्जा महसुस गर्दछन् । उनको भनाई अनुसार यस्तो प्रकारको विज्ञापनबाट घरेलु महिलाका लागि असहज स्थिती पैदा हुने गर्दछ र परिवारसँग बसेर टिभी हेर्न पाउँदैनन् ।
सन्नी लियोनले यो आरोपमा यसको जवाफ दिँदै भनेकी छिन्, ‘भारत बारे सबैभन्दा महान कुरा यहाँको लोकतन्त्र र वाक स्वतन्त्रता । यदि मानिसहरु मेरा विरुद्ध आफ्नो आवाज उठाउन चाहन्छन् भने उठाउन सक्छन् । मानिसहरुका लागि के सही छ भन्ने बारे सरकारले यसको निर्णय गर्नेछ ।’
सन्नी थप्छिन्, ‘जतिबेला म कुनै ब्रान्डमा हस्ताक्षर गर्छु भने त्यसको नैतिक जिम्मेवारी लिन्छु । यो यस्तो प्रक्रिया हो, जसरी एउटा बच्चालाई संसारमा ल्याइन्छ । कुनै पनि जोडीले परिवारको योजना त्यतिबेला गर्दछ जब उनीहरुलाई लाग्छ कि उनीहरु बच्चाको जिम्मेवारी सम्हाल्न लायक भइसकेका छन् ।’
उनको आफू पैसाको लागि मात्र काम नगर्ने बताएकी छिन् ।

4205
Shares

ट्रेन्डिङ