सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • विश्व शान्तिका लागि साइकल यात्रा

विश्व शान्तिका लागि साइकल यात्रा

5880
Shares
विश्व शान्तिका लागि साइकल यात्रा

काठमाडौँ, २१ वैशाख । विश्व शान्तिको कामना गर्दै ‘टूर डे लुम्बिनी’ले साइकल यात्राको आयोजना गर्ने भएको छ । ‘हिमाल, पहाड, तराई कोही छैन पराइ’ भन्ने नारासहित आगामी वैशाख २४ गते साइकल यात्रा आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो ।
बुद्ध जयन्तीको अवसरमा विगत झै यसवर्ष पनि विश्वमा शान्तिको कामना गर्दै यात्रा आयोजना गर्न लागिएको हो । यस पटक विश्व साइकलयात्री पुष्कर शाह र युनेस्कोका प्रतिनिधि गरी १०८ साइकलयात्रीको सहभागिता रहने जनाइएको छ । साइकलयात्राको पहिलो दिन स्वयम्भुबाट सुरु भई चौथो दिन लुम्बिनीमा बुद्ध जयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा पुगेर समापन हुनेछ ।
पहिलो दिन हेटाँैडा, दोस्रो दिन नारायणगढ, तेस्रो दिन बुटवल र चौथो दिन लुम्बिनीको कार्यक्रम सकेर दीपावली गरी काठमाडौँ फर्कने कार्यक्रम रहेको आयोजकले जनाएको छ । संस्थाका अध्यक्ष एमव् विश्व साइकलयात्री शाहले शान्तिको कामनासहित साइकलको माध्यमबाट आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यात्रा आयोजना गर्न लागिएको बताउनुभयो । सो अवसरमा नेपाल पर्यटन बोर्डका मिडिया संयोजक शरद प्रधानले पर्यटन प्रवद्र्धनका लागि कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । रासस

5880
Shares

ट्रेन्डिङ