सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • यस कारण नखानुस् सेकुवा मासु

यस कारण नखानुस् सेकुवा मासु

4985
Shares
यस कारण नखानुस् सेकुवा मासु

पोलेको मासु खाने बानी छ ? आजै देखि छोड्नुस् । अधिकाँश मानिसलाई सेकुवा खुव मन पर्छ । र दशैं जस्ता चाड पर्वमा त पोलेको मासुको उच्च खपत हुने गर्छ । दशैमा खाने खसीको वा राँगाको मासुलाई रातो मासु भनिन्छ जुन स्वास्थ्यका दृष्टीले घातक मानिन्छ ।चिकित्सकहरुले पोलेको मासु रक्सी भन्दा पनि हानीकार रहेको र यसले क्यान्सरको खतरा उच्च पार्ने चेतावनी दिएका छन् ।
अझै पोलेर नून तथा खुर्सानी वा मसला हालेको मासु त स्वास्थ्यका लागि निक्कै हानिकारक रहेको चिकित्सकहरुको भनाइ छ । मासु वा माछालाई आगोमा राखेर पकाउँदा यसमा क्यान्सर हुने उच्च जोखिमपूर्ण कार्सिनोजेन्सको मात्रा शरीरमा बढाउँछ । यो रसायन सिगर्टको धुवाँ वा रक्सी खानु भन्दा पनि घातक रहेको चिकित्सकहरुको भनाइ छ । अहिले विभिन्न देशमा भैरहेको अध्यनका क्रममा पनि क्यान्सर पीडित विरामीहरुसँग सोधिएको थियो ।
जसमा अधिकाँश विरामीले पोलेको मासु खाने गरेको बताए । क्यान्सर पीडित विरामीले रातो मासुको उच्च सेवन गर्ने र त्यसमाथि पोलेको मासु त निक्कै घातक रहेको चिकित्सकहरुको निष्कर्ष छ । पोलेको मासु खानेहरुमा क्यान्सरको जोखिम त्यस्तो मासु नखानेको तुलनामा उच्च रहने समेत अध्यनको निष्कर्ष छ ।

4985
Shares

ट्रेन्डिङ