ओली दुवै पद नछाड्ने, दाहाल-नेपाल अर्को रणनीतिमा
काठमाडौं, २० असार : शीर्ष नेताहरूको कटुतासँगै नेकपाका कार्यकर्तामाझ एउटा चिन्ता गढेको छ– कतै एकता भत्किने त होइन ? नेकपा फेरि फुट्ने त होइन ? मेलमिलापको अपेक्षासहित दुई अध्यक्ष एक–एक विश्वासपात्रसहित शुक्रबार तीन घण्टा बसे। जति बसाइ लम्बिँदै गयो, शुभेच्छुकको आशा बढ्दै गयो। तर, छुटुन्जेलमा मन त माझियो। कुरा बाझिएरै रह्यो। ‘दुई अध्यक्षबीच खुलेरै कुराकानी […]