सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • नेयमारलाई तीन खेलकाे प्रतिबन्ध

नेयमारलाई तीन खेलकाे प्रतिबन्ध

4160
Shares
नेयमारलाई तीन खेलकाे प्रतिबन्ध

सामाजिक सञ्जालमा फुटबल रेफ्री र अफिसियलकाे बेइज्जत गरेपछि पेरिस सेन्ट जर्मेनका स्टार स्ट्राइकर नेयमारलाई च्याम्पियन्स लिगमा तीन खेलको प्रतिबन्ध लगाइएको छ । च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडविरुद्धको अन्तिम १६ को खेलमा ब्राजिलियन रेफ्री दामीर स्कोमिनाले भिडियो एसिस्टेन्ट रेफ्रीको सहायताले दिएको अन्तिम समयको पेनाल्टीमा नेयमारले इन्स्टाग्राममा भद्दा कमेन्ट गरेपछि यूईएफएले तीन खेलको प्रतिबन्ध लगाएको हो ।

त्बेयसला उनी पैतालाको शल्यक्रियाबाट निको हुँदै थिए र मैदानबाहिर बसेर खेल हेरिरहेका थिए । जुन खेलमा युनाइटेडले दुई-शून्यले पछि परेको अवस्थामा ऐतिहासिक कमब्याक गरेको थियो ।उनले अब अर्को सिजनको समूह चरणका सुरुवाति तीन खेल गुमाउने भएका छन । उनले सामाजिक सञ्जालमा मार्कुस रासफोर्डले पेनाल्टीबाट गरेको गोल, गोल नै होइन भनेर भनेका थिए ।

२७ वर्षे नेयमारले यसका साथै आफ्नो सामाजिक सञ्जालमा चार व्यक्ति जसलाई फुटबलको बारेमा केही थाहा छैन, टेलिभिजनमा स्लोमोसन रिप्ले हेरेर डिसिजन गर्छन् भन्दै लेखेका थिए ।विश्वकै महंगो खेलाडी बन्दै बार्सिलोनाबाट पीएसजी गएका नेयमार तीन महिनापछि आइतबार मोनाकोविरुद्धको खेलमा कमब्याक गरेका थिए । त्यस खेलमा पीएसजीले खेल जित्दै उपाधि पनि जितेको थियो ।

4160
Shares

ट्रेन्डिङ