सबैको समाचार
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • तान्त्रिकसँग शारीरिक सम्पर्क गर्न नमानेपछि श्रीमानले गरे श्रीमतीको हत्या

तान्त्रिकसँग शारीरिक सम्पर्क गर्न नमानेपछि श्रीमानले गरे श्रीमतीको हत्या

6190
Shares
तान्त्रिकसँग शारीरिक सम्पर्क गर्न नमानेपछि श्रीमानले गरे श्रीमतीको हत्या

उत्तर प्रदेशको आगरामा तान्त्रिकसँग शारीरिक सम्पर्क गर्न नमानेको भन्दै श्रीमानले श्रीमतीको हत्या गरेका छन् । धनी हुने आशमा ३५ वर्षीय मानपाल सिंहले तान्त्रिकसँग शारीरिक सम्पर्क गर्न लगाएकाे र नमानेपछि ३२ वर्षीया श्रीमती रजनीको हत्या गरेका हुन् ।

अलीगढ प्रहरीले शुक्रबार श्रीमान मानपाल र तान्त्रिक भनिने सन्तदास झारखण्डीलाई पक्राउ गरेको छ । हत्या गरेपछि रजनीलाई उनका श्रीमान मानपालले गंगा नदीमा डुबाएर हत्या गरेका र शवलाई यसै छोडिदिए । बिहीबार राति गाेताखाेरहरुकाे सहयोगमा शवको नदीबाट निकालिएको थियो ।

मृतक रजनीका दाजु राजेश सिंहले ज्वाइँ मानपालविरुद्ध उजुरी गरेपछि उनी पक्राउ परेका हुन् । मानपाल र रजनीको नौ वर्षअघि विवाह भएको मृतकका आफन्तले बताएका छन् । खेतीबारीकाे काम गर्दै आइरहेका मानपालले तान्त्रिकको सम्पर्कमा आइसकेपछि लागुऔषध पनि सेवन गर्न थालेको बताइएको छ ।

6190
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका