सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • गाउपालिका प्रमुखको गाडीमा आगजानि

गाउपालिका प्रमुखको गाडीमा आगजानि

6055
Shares
गाउपालिका प्रमुखको गाडीमा आगजानि

खोटाङ ,मंसिर  ,२३ ,  खोटाङको रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाको सवारीसाधनमा गए राति आगलागी भएको छ।निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा रहेको बा २ झ ३५२४ नम्बरको सवारीसाधनमा आगलागी भएको हो। आगलागीका कारण सवारी जलेर ध्वस्त भएको छ।

म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो,ु उनले भने, उठेर हेर्दा गाडीमा ठूलो आगोको मुस्लो दन्किरहेको थियो।ु करिब दुई घण्टापछि हरमटारबाट गएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो।

प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक वामदेव गौतम नेतृत्वको टोली घटनास्थलमा खटाइएको र आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिए।

6055
Shares

ट्रेन्डिङ